तिमीसँग चारलाख जनतालाई बाँड्ने नोट छन्,
मेरा घरमा पनि चार भोट छन।।
मलाई चोर मन पर्दैन तिमी चोरलाइ चोर्न दिन चुनाव गर्दैछौ,
तिमी र म एक अर्कामा लेखा जोखा गरौन हुन्न?
तिमिलाइ चुनाव जित्न भोट किन्नु छ,
मलाइ पनि जिन्दगी चहार्न नोट कमाउनु छ।।
तिमि र म मा फरक त धेरै छ र पनि बाध्यताबस एकअर्कामा लेखाजोखा गर्नु छ ।।
तिमी नेतृत्व, आदर्श र
न्यायको कुरा छोड्
म नैतिकता र इमान्दारिता छोड्छु।।
हामि परिवार समाल्न भोट बेच्छौउ ,
तिमी जनता लुटेर देश बेच्नु।।
यता गरिबलाइ बाध्यता
उता नेतालाई बाहना
कसरि चल्छ देश?
तिमी आफ्नै देशमा रोजगारीको अबसर नदेखाउनु जहिले दुइ चार जना बिदेश पठाउने कुरा गर्नु।
म अचेल ब्यापार तिर ढल्दै छु,
सयको सामान हजारमा बेच्दै छु,
पैसा नै सबैथोक भन्दैछु।।
तिमिले पनि भोटको नोट बढायौ भने पल्ला घरे काकालाइ पनि भोट हाल्न भनुला,
आदर्शित लाइ होइन नोट बाडनेलाइ भोट देउ भन्दै बसुला।।
मेरा बाले पनि तिम्रै पाटिको झन्डा बोक्न थाले,
तिम्रै झोले कार्यक्रता बन्न रूचाए,
तिम्रै पछ्यमा भाषण सुरु गरे
नोट संगै भोट प भन्न थाले।।
लेखक - कविता पाण्डेय 'कबु'