अन्तिम चुनाव जित्न देउवाले गेटा मेडिकल कलेज चलाउन छोडेर गन्यापधुरामा कलेज खोल्छु भने: ओली

अन्तिम चुनाव जित्न देउवाले गेटा मेडिकल कलेज चलाउन छोडेर गन्यापधुरामा कलेज खोल्छु भने: ओली

धनगढी । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले चुनाव जित्न डडेल्धुराको गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भनेको बताए ।

उनले शुक्रवार बिहान कैलाली स्थित एमाले सचिव लेखराज भट्टको घरमा पार्टी प्रवेश कार्यक्रममा आफ्नो कुरा राख्दै कैलालीको गेटामा एमालेले बनाएको संरचनामा मेडिकल सञ्चालन नगरेर देउवाले अन्तिम चुनाव जित्न गन्यापधुरामा मेडिकल कले सञ्चालन गर्छु भनेको बताएका हुन् । 

ओलीले गेटा मेडिकल कलेज आफूहरूको सरकाले बनाएको दाबी गर्दै भने, ''देउवाले यो पटकको अन्तिम चुनाव जित्न हामीले बनाएको गेटा मेडिकल कलेज सञ्चालन गर्न छोडेर गन्याप धुरामा चलाउँछु भने । त्यहाँ कसरी मेडिकल कले चलाउँछन् ? मेडिकल कलेज चलाउन कम्तीमा पनि तीन सय बेड क्षमताको अस्पताल चलाउन पर्छ । संरचना हुनुपर्छ । बिरामी हुनुपर्छ । तिनको उपचार गरेर विद्यार्थीले अनुसन्धान गर्ने होला । चुनाव जित्न जे पनि भनिदिने ।"

अहिले सत्ता गठबन्धनमा रहेका दलहरूले चुनाव जित्न र सत्तामा जानको लागी जे पनि बोल्ने र जुनसुकै हदमा पनि जान कुनै कसर बाँकी न छोडेको होलीको भनाई थियो ।