धनगढीको भैरव बाबा विद्यालयमा शाइन रेसुङ्गा बैकले गर्यो वृक्षारोपण

धनगढीको भैरव बाबा विद्यालयमा शाइन रेसुङ्गा बैकले गर्यो वृक्षारोपण

धनगढीको श्री भैरव बाबा आधारभूत  विद्यालयमा वृक्षारोपण गरिएको छ । धनगढी उप-महानगरपालिका ६ मटियारीमा रहेको सो विद्यालयमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले वृक्षारोपण गरेको हो ।

बैकको १४ औ वार्षिक उत्सवको अवसरमा धनगढी शाखाले सय भन्दा बढी विभिन्न प्रकारका बोटहरू रोपेको धनगढी शाखाका शाखा प्रबन्धक रवीन्द्र शाहीले जानकारी दिए । स्वच्छ वातावरण र सक्षम वातावरण बनाउनको लागि बैकले वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरेको बताए ।

बैकको सामाजिक कार्यक्रम मार्फत विभिन्न प्रकारका एक सय ११ बोटबिरुवा रोपेको बताए । विद्यालयमा गरिएको सो वृक्षारोपण सर्हनिय रहेकोले भन्दै विद्यालयले आगामी दिनहरूमा सहयोग अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।

वृक्षारोपण कार्यक्रममा धनगढी ६ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र बैकका कर्मचारीको सहभागिता रहेको थियो ।