गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

कैलालीमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा–१ घर भएका बसका साहु ४४ वर्षीय विष्णु देवकोटाको मृत्यु भएको हो । देवकोटा आफ्नै बा ५ ख ५८७२ नम्बरको बसबाट खसेर घाइते भएका थिए ।

टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यात्रु चढाउने क्रममा ढोकाबाट खसेर देवकोटाको च्यापिएर मृत्यु भएको हो।

प्रहरीकाअनुसार मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए। ढोकाबाट खसेका उनी पछाडीको चक्कामा च्यापिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । देवकोटाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।घटनाको बिषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।