बझाङमा भिरबाट ढुङ्गा खस्दा गम्भीर घाइते महिलाको हेलिकप्टर मार्फत उद्घार

बझाङमा भिरबाट ढुङ्गा खस्दा गम्भीर घाइते महिलाको हेलिकप्टर मार्फत उद्घार

बझाङमा भिरबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकि महिलाको हेलिकप्टर मार्फत उद्घार गरीएको छ ।

जिल्लाको साइपाल गाउँपालिका वडा नं ३ माथिल्लो कायाकि स्थानिय एवम् वडा नं ३ कि वडा सदस्य समेत रहेकि डिकि गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि आज नेपाली सेनाको  हेलिकप्टर मार्फत उद्वार गरीएको हो । 


आइतबार साँझ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथीबाट ढुङ्गा खस्दा गुरुङलाई गम्भीर चोट लागेको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले जानकारी दिनुभयो ।

गुरुङको टाउकोमा गहिरो चोट लागेको तथा अवस्था गम्भिर भएकाले सोमबार हेलिकप्टर मार्फत नेपालगञ्ज रिफर गरीएको बताइएको छ । उद्वार गरे बाफत लागेको ५ लाख बराबरको रकम गाउँपालिकाले ब्यहोर्ने जनाएको छ ।