सुदूरपश्चिम एकसाथ बिउझियो, प्रदेशभर भूकम्पको धक्का महसुस

सुदूरपश्चिम एकसाथ बिउझियो, प्रदेशभर भूकम्पको धक्का महसुस

धनगढी : सुदूरपश्चिम प्रदेश भर भूकम्पको धक्का महसुस भएको छ । 
बुधबार राती २ बजेर १२ मिनेट देखि १४ मिनेट सम्म सुदूरपश्चिम प्रदेश भर भुकम्पको धक्का महसुस भएको हो । 
भूकम्प  मापन केन्द्रका  अनुसार दैलेख  क्षेत्र केन्द्र विन्दु बनाई ५.७ रेक्टर स्केलको भुकम्प गएको  मापन गरिएको छ । 
 जसको कम्पन बाट पूरा सुदूरपश्चिम प्रदेश बिउँझेको छ । जहाँ ईन्टरनेट सेवा विस्तार भएको छ । अथवा इन्टरनेटले काम गर्छ । यहाँ स्थित प्रदेश भरिकै नागरिकले समय सहित आफ्नो अनुभुती सामाजिक सन्जालमा पोस्ट गरेका छ्न !  भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्पले नेपाल, चीन भारत गरि केन्द्र बिन्दु बाट ४०० किलोमीटर सम्म असर गरेको छ ।  जस बाट डोटिमा दुई घर भत्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
यद्द्पी भूकम्पको क्षेति बारे भने पूर्ण विवरण आईसकेको छैन ।