नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन

नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो ।

थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना भएका थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

ह्याम्समा तीन साताको उपचारपछि निको भएपछ उनलाई विराटनगर लगिएको थियो । स्वास्थ्यमा सुधार भएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो ।