सुनको मूल्य स्थिर, चाँदी घट्यो

सुनको मूल्य स्थिर, चाँदी घट्यो

बिहीबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रही बुधबारकै मूल्य अर्थात प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।


आज चाँदीको मूल्य भने बुधबारको तुलनामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १ हजार २९५ रुपैयाँमा निर्धारण गरिएको थियो ।