पानी चुहिने जीर्ण भवनमा प्रहरी

पानी चुहिने जीर्ण भवनमा प्रहरी

बैतडीः आफ्नै भवन नहुँदा जिल्लाका  विभिन्न स्थानका प्रहरी चौकी वर्षात्को समयमा पानी चुहिने र जीर्ण भवनमा छन्। 

भाडाका कच्ची घरमा रहेका प्रहरी भवनमा पानी चुहिने समस्या  रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

यहाँका १९ प्रहरी चौकी भाडाको भवनमा छन् । उनले भने, ‘भाडामा लिएका घर पनि धेरैजसो जीर्ण अवस्थामा छन्।’

सदरमुकाम नजिकैका बाराकोटा, थालिगडा, सतबाँझ, नागार्जुन, खोचलेक, गोकुलेश्वर, कुलाउ, शंकरपुर, रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरी चौकी भाडाको भवनमा रहेको उक्त कार्यालयले जनाएको छ।

आफ्नै भवन नहुँदा कुनै ब्यक्तिलाई हिरासतमा राख्दासमेत भवन अभावमा आफैसँग राख्नुपर्ने बाध्यता रहेको सम्बद्ध प्रहरीको गुनासो छ।