लागु औषध सहित एक नेपाली भारतीय प्रहरीको चंगुलमा

लागु औषध सहित एक नेपाली भारतीय प्रहरीको चंगुलमा

भारतीय प्रहरीले लागुऔषधसहित कञ्चनपुरका एक जना (नेपाली)लाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बनबासास्थित प्रहरी चौकीबाट खटिएको टोलीले लागुऔषधसहित भीमदत्त नगरपालिका–११ का हिरालाल पाण्डेयलाई पक्राउ गरेको हो।

भारतीय प्रहरीले उनको साथबाट ३ दशमलब ८ ग्राम लागुऔषध बरामद गरेको छ। पाण्डेयलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान जारी राखेको छ ।

लागुऔषध रोकथामका लागि भारतीय प्रहरीले ‘क्रैक डाउन’ अभियान चलाइरहेको जनाएको छ ।