अत्तरिया पुरेर ओलीले भने, 'भ्रष्टाचारीका बाँड्ने पैसा खाइदिए हुन्छ, मतदान गल्ती नगरी सूर्य मै गरौँ'

अत्तरिया पुरेर ओलीले भने, 'भ्रष्टाचारीका बाँड्ने पैसा खाइदिए हुन्छ, मतदान गल्ती नगरी सूर्य मै गरौँ'

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीहरूले भोट किन्न पैसा बाँड्न आए खाइदिए हुने तर मतदान गर्दा गल्ती नगरी सूर्य मै भोट हाल्न आग्रह गरेका छन् ।

कैलालीको अत्तरियामा आयोजित चुनावी सभा लई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् । 

यस्तै, ओलीले एमाले सिद्धाउँछु भन्नेहरु आफै सिद्धिँदै गएको बताए। उनले भने, ‘एमाले सिध्याउँछु भन्नेहरु आफैं सिद्धिँदै गएका छन्। माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएका छन्। माधव नेपाल त यही चुनावबाटै समाप्तै हुन्छन्। माधव नेपालको पार्टी खरानीको डल्लो हो।’

अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरेका हुन्। उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने फेरि दाबी गरेका छन्।

त्यस्तै, ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने बताए। २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताए। ‘एमालेसँग तालमेल गर्दा ५४ सिट पाएको थियो, अहिले चोकटा खान गएको झोलमा डुबेको जस्तो भएको छ, ४४ कि ४५ सिट पाएको छ, आधा पनि जित्दैन’