भूकम्पका कारण डोटीमा  ७ घर भत्किए

भूकम्पका कारण डोटीमा  ७ घर भत्किए

बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ म्याग्निच्युडको भूकम्प जाँदा डोटीमा ७ घर भत्किएका छन् । 
शनिबार राति गएको भूकम्पका कारण सायल गाउँपालिका र पूर्विचौकी गाउँपालिकामा गरी ७ घरहरू भत्किएको जनाइएको छ। चिसो मौसम भएका कारण  यहाँका स्थानीय खुल्ला आकाशमा बसिरहेका छन्। 
सुदूरपश्चिममा गएको भूकम्प बझाङको पाटेदेवलमा केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ५.४ म्याग्नुच्युटको भूकम्प गएको हो । जसको कम्पन सुदूरपश्चिमका सबै जिल्लामा महसुस भएको थियो ।

भूकम्प शनिबार राति ८ बजेर १२ मिनेटमा गएको थियो । 

गत बुधबार रातिमात्रै डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जादा ६ जनाले ज्यान गुमाएका थिए ।