कैलालीमा  आठ अस्थायी मतदान केन्द्र तोकिए

कैलालीमा  आठ अस्थायी मतदान केन्द्र तोकिए

कैलालीमा आठ वटा अस्थायी मतदान केन्द्र कायम गरिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा मतदान गर्नका लागि आठ वटा अस्थायी मतदान केन्द्र कायम गरिएका हुन् ।

अस्थायी मतदान केन्द्रमार्फत कैदीबन्दी र निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले मतदान गर्न पाउनेछन् । कैदीबन्दीहरुका लागि जिल्ला कारागारमा मतदान गर्ने पाउने छन ।  अन्यका लागी महादेव मन्दिर परिसर,धनगढी उपमहानगरपालिकाको कार्यालय भवन,८ नं. वडा कार्यालय,टिकापुर नगरपालिका १ स्थित सिटीहल,२ नं. वडा कार्यालय,वनदेवी मन्दिर परिसर र वारवन साझेदारी व्यवस्थापन कार्यालयमा मतदान गर्न पाउने छन न 

कैलालीमा  दुई सय ३७ मतदानस्थल र ६ सय २९मतदान केन्द्र तोकीएका छन । जिल्लामा कुल ५ लाख ३५ हजार ५ सय १४ मतदाता रहेका छन ।