डोटी प्रशासन द्धारा एक साताका लागि सेवा प्रबाह स्थगित

डोटी प्रशासन द्धारा एक साताका लागि सेवा प्रबाह स्थगित

डोटी/जिल्ला प्रशासन कार्यालय डोटीले अत्याआवश्यक सेवा बाहेकका सबै सेवाहरु एक साताको लागि स्थगित गरेको छ ।
मंशिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुको निर्वाचन २०७९ का लागि कार्यालयबाट कर्मचारीहरु विभिन्न स्थानमा खटीई जानुपर्दा कर्मचारी अभाव हुने हुदाँ कात्तिक २९ गते देखि मंशिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु स्थगन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।
जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीको हस्ताक्षरमा सोमबार एक सुचना जारी गर्दै कात्तिक २९ गते देखि मंशिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु स्थगन गरिएको जानकारी गराएको छ । 

May be an image of ‎text that says '‎०९४.४२०१५१ ०९४.४११२ नपाल सरकार dao.doti68@gmail.com गृह मत्त्ालय Mdaodoti@moha.gov.np जिल्ला प्रशासन कार्यालय daodoti.moha.go daodoti. पत्र संख्या:२०७९/५० चलानी facebook.com/dotidao सिलगढी,डोटी सेवा प्रवाह स्थगित सम्बन्धि जारी सुचना सम्बत २०७९ मंसिर ا गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि यस कार्यालयमा कार्यरत कर्मचारीहरु मतदान केन्द्रमा खटिई जानुपर्ने भएकोले जनशक्ति अभाव हुने हुँदा यस कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सवै सेवाहरु मिति २०७९/०७/२९ गते देखि मिति २०७९/०६/०५ गतेसम्म स्थगन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि अनुरोध मित्त:-२०७९/०७/२5 (दीपा जोशी) प्रशासकीय अधिकृत web-site site- daodoti. क.पर /letter np‎'‎