कञ्चनपुर ३ किलो चरेस सहित एक जना पक्राउ

कञ्चनपुर ३ किलो चरेस सहित एक जना पक्राउ

 कञ्चनपुर – कञ्चनपुरको बाणीबाट ३ किलो बढी चरेससहित एक जना पक्राउ परेका छन । चरेस सहित कृष्णपुर नगरपालिका – २ बाणीबाट दार्चुलाको महाकाली नगरपालीका –९ दत्तलेक का ४१ वर्षीय नैनसिंह बोहरा पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले पैदल हिडिरहेका बोहरालाई चेकजाँच गर्दा ३ किलो २९६ ग्राम चरेस फेला पारेको जनाएको छ ।