डोटीको पुर्विचौकी गाउँपालिकाका विद्यालय मङ्गलवार बाट बन्द हुने

डोटीको पुर्विचौकी गाउँपालिकाका विद्यालय मङ्गलवार बाट बन्द हुने

डोटी । डोटीको पुर्विचौकी गाउँपालिकाका विद्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन् । गत २३ गतेबाट निरन्तर गइरहेको भूकम्पबाट हुन सक्ने जोखिमको न्यूनीकरण तथा जनधनको सुरक्षाका लागि गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोमबार ९आज० एक सूचना जारी गर्दै गाउँपालिकाले अर्को निर्णय नहुन्जेलसम्म भोलि (मङ्गलवार) बाट लागु हुने गरी विद्यालय बन्द गर्ने जनाएको छ । भूकम्पका कारण यहाँका कयौँ विद्यालय चर्किएका छन् ।
भूकम्पबाट पुर्विचौकी गाउँपालिकाले ठुलो क्षति व्यहोर्नुपरेको छ । यही कार्तिक २३ गते  बुधवार बिहान गएको भूकम्पमा परि ६ जनाको ज्यान गएको थियो भने अन्य केही घाइते भएका थिए । भूकम्पका कारण घर बस्न नमिल्ने अवस्थामा पुग्दा पुर्विचौकी गाउँपालिका थुप्रै स्थानीय पाल टाँगेर बसिरहेका छन् ।