एमालेले भूमिहीन सुकुम्वासीलाई जमिनको मालिक बनाउन छ: राना

एमालेले भूमिहीन सुकुम्वासीलाई जमिनको मालिक बनाउन छ: राना

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पूर्व मन्त्री नारदमुनि रानाले नेपाली काग्रेंस जस्तो पार्टी, भूमिहीन, सुकुम्वासी, दलितलाई जमिनको मालिक बनाउन नखोज्ने बताएका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका रानाले काग्रेंस गरिब, निमुखा, निम्न वर्गको पार्टी नै नभएको जिकिर गरेका हुन् । 

आफ्नो निर्वाचन क्षेत्रका चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रानाले सबै गरिब, सुकुम्वासी, दलित, भूमिहीन लगायत निम्न वर्गका व्यक्तिहरूको पार्टी एमाले नै भएको दाबी गरे ।

जग्गाधनी पुर्जा दिनका लागी २०५१ सालमा एमालेकै सरकार भएका बेला भूमि आयोग गठन भएको थियो रानाले भने,

“बिचमा एमालेको सरकार बन्न सकेन बने पनि ६ महिने, ९ महिने बन्यो तर काग्रेंस पटक÷पटक सत्तामा पुग्दा पनि जग्गाधनी पुर्जा दिनका लागी कुनै पसल थालेन, तर जब एमाले अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री बन्नुभयो, आयोग गठन गरेर, धमाधम जग्गाधनी पुर्जा दिनका लागी लगत सङ्कलन कार्य भयो, तर पुर्जा दिने बेला हामे सरकार विभिन्न षडयन्त्र गरेर ढालियो ।”

सरकार त ढालियो एमालेले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग समेत खारेज गरियो उनले भने “काग्रेंस नेतृत्वको सरकारले गरिबमाथि यस्तो कदम चाल्दा एमालेकै साथीहरूले सर्वोच्चमा मुद्दा हालेपछि आयोग पुनर्जीवित भयो र केही काम सुरु भयो तर पुर्जा अझै दिइएको छैन, अहिलेसम्म एमाले सरकारमै भएको भए पुर्जा सबैले पाउँथे, काग्रेंसकै कारण जग्गाधनी पुर्जा पाउनबाट सबै वञ्चित भए, अब हामी सरकारमा गए लगत्तै पुर्जा वितरण गर्छौँ ।”