दार्चुलामा कांग्रेसका नेतामाथि बोतल प्रहार

दार्चुलामा कांग्रेसका नेतामाथि बोतल प्रहार

दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवले कांग्रेसका नेतामाथि बोतल प्रहार गरेका छन् ।
जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूका स्वकीय सचिव रुपेश विष्टले बोतल प्रहार गर्दा कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्ट घाइते भएका छन् ।

सोमबार साँझ गोकुलेश्वर बजारको एक होटलमा मदिरा सेवन गरिरहेका बेला आपसी विवादका क्रममा स्वकीय सचिव विष्टले क्षेत्रिय समिति सदस्यमाथि बोतल प्रहार गरेको प्रहरीले जनाएको छ । बोतल प्रहारबाट घाइते भएका विष्ट गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले घटना समान्य भएको बताए ।