राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार कार्यालयमा बिहीबार मध्यराति तोडफोड भएको हो । तोडफोड कसले र किन गर्‍यो भन्ने अझै खुलेको छैन् ।

निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाउन  सरकारसँग माग गर्दै पार्टीले प्रभावकारी अनुगमनका लागि निर्वाचन आयोग र निर्वाचनको पर्यवेक्षण गरिरहेका संघसंस्थाको ध्यानाकर्षण गराएको छ ।