जहाँ निर्वाचन गराउँदैछन् महिला कर्मचारीहरुले

जहाँ निर्वाचन गराउँदैछन् महिला कर्मचारीहरुले

 

दार्चुला :  दार्चुलाका दुई वटा मतदान केन्द्रमा निर्वाचन गराउँने जिम्मेवारी महिला कर्मचारीले पाएका छन् । भोलि हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि जिल्लाका दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिएका हुन् । जिल्ला सदरमुकामस्थितको महाकाली नगरपालिका–५ मा रहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका क र ख मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै महिला छन् । 
मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार क केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद र ख केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाका प्रमुख गंगा कुमारी मगरलाई मतदान अधिकृतको जिम्मेवारीमा खटाइएको छ । दार्चुलामा ११२ मतदानस्थल तथा १४१ मतदान केन्द्र रहेका छन् । यस्तै २ वटा अस्थायी मतदान केन्द्र छन् । कूल १४३ मतदान केन्द्रमा निर्वाचन गर्नका लागि १४३ मतदान अधिकृत, सोही संख्यामा सहायक मतदान अधिकृत, सहायक कर्मचारी ६९९, कार्यालय सहयोगी १४३ गरी जम्मा १ हजार १२८ जना कर्मचारी खटाइएको छ ।