दार्चुलामा दुई नेता पक्राउ

दार्चुलामा दुई नेता पक्राउ

दार्चुला ।  दार्चुलामा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा नेकपा बिप्लवका युवा संगठनका केन्द्रीय  सदस्य  जीवन बिष्ट र नेकपा बिप्लवका  जिल्ला सदस्य सुरेन्द्र बिष्ट  पक्राउ परेका हुन । 

जिल्लाको लेकम गाउँपालिका १ स्थितको बडिपुर मावि सर्मोली मतदान केन्द्रबाट पक्राउ गरेका हुन । चुनाव बिथोल्न सक्ने सम्भावना  देखेर नियन्त्रणमा लिईएको हो ।  उनी हरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गोकुलेश्वर लगिएको छ ।