जहाँ अहिले सम्म चार जनाले मतदान गरेका छन् ?

जहाँ अहिले सम्म चार जनाले मतदान गरेका छन् ?

धनगढी । कैलालीको एक मतदान केन्द्रमा अहिले सम्म चार जना मतदाता मतदान गरेका छन् ।

कैलाली जिल्लाको क्षेत्र नं. ४ प्रदेश सभा २ (ख) क्षेत्रमा रहेको महादेव मन्दिर अस्थायी मतदान केन्द्रमा उक्त मत खसेका हुन् । 

दिउँसो एक बजेको समय भन्दा पहिले उक्त मतदान केन्द्रमा चार मत मात्रै खसेको मतदान अधिकृत गौरी बिनाडी जोशीले जानकारी दिइन् । 

उक्त मतदान केन्द्र सुरक्षा निकायका कर्मचारीहरूको लागी समानुपातिक मतपत्रमा मत सङ्केत गर्न पाउने व्यवस्था गरिएको छ ।

त्यहाँ सबै सुरक्षा निकायका अधिकारीहरू डिउटीमा खटिएकोले पालो पालो गरी आउने हुँदा सुनसान जस्तै देखिएको छ ।