दाेहाेर्‍याउँदै गलत पासवर्ड हालेपछि ४८ वर्षका लागि लक भयो आइप्याड

दाेहाेर्‍याउँदै गलत पासवर्ड हालेपछि ४८ वर्षका लागि लक भयो आइप्याड

अमेरिकामा एक तीन वर्षीय बालकले आफ्नो बुबाको आइप्याडमा दोहोर्याउँदै गलत पासवर्ड थिचेपछि उक्त आइप्याड ४८ वर्षका लागि लक भएको छ।


बालकले आइप्याड खेलाउने क्रममा गलत पासवर्ड थिचिएको बताइएको छ।

आइप्याडले २६ करोड ५ लाख ३६ हजार ४ सय ४२ मिनेटपछि आइप्याड खोलिने सूचना दिएको छ। यसको अर्थ यस आइप्याड सन् २०६७ सालमा मात्र खोलिन्छ।

न्युयोर्क शहरका इभान ओसनोसले आफ्ना छोराले आइप्याडमा गलत पासवर्ड लगाएका कारण आइप्याड अब ४८ वर्षपछि मात्र खुल्ने ट्वीटमा बताएका छन्।

उनले सहयोगका लागि आह्वान गरेका छन्। उनका ट्वीट फलोवरले विभिन्न उपायका बारेमा सुझाव दिएका छन्।