कैलालीका तीन निर्वाचन क्षेत्रको मतगणना थालियो

कैलालीका तीन निर्वाचन क्षेत्रको मतगणना थालियो

धनगढी । कैलाली जिल्लाका तीन वटा निर्वाचन क्षेत्रको मतगणना थालिएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. १, ३ र ४ मा मतगणना सुरु भएको हो । 

प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टका अनुसार क्षेत्र नं. १ मा बिहान ११ बजेदेखि, क्षेत्र नं. ३ मा १२ बजेदेखि र क्षेत्र नं. ४ को मतगणना २ बजेदेखि सुरु भएको छ । 

क्षेत्र नं. १ र ३ मा अहिले प्रतिनिधिसभाको मतगणना भइरहेको छ भने क्षेत्र नं. ४ मा प्रतिनिधि सभा र दुई वटै प्रदेश सभाको सँगै मतगणना भइरहेको  जनाइएको छ । 

क्षेत्र नं. २ र ५ मा मतगणनाको तयारी भइरहेको छ । कैलाली ५ मा १ बजे देखी नै गणना थालिने भनेको भए पनि मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि ढिलो गरी मत गणना गरिने भएको हो ।