कैलाली ५ मा मतगणना गर्न माग गर्दै नाराबाजी (भिडियो)

कैलाली ५ मा मतगणना गर्न माग गर्दै नाराबाजी (भिडियो)

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ ।

सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन् ।

उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले षड्यन्त्र गरेको भन्दै अर्यालविरूद समेत नाराबाजी गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याको कारण देखाउदै दिउँसो ३ बजेसम्म दलहरूसँग समय मागेका थिए तर साढे ४ बज्दा समेत गणना भएको छैन ।

सर्वदलिय बैठकमा सत्तारूढ गठबन्धनले वडागत रूपमा गणना गर्नुपर्ने र एमालेसहितका अन्य दलले संगोल रूपमा गणना गर्न माग गरेपछि विवाद भएको थियो । सोही क्रममा उनी ढलेपछि चिकित्सकलाई बोलाएर स्वास्थ्य परीक्षण गरेका थिए । 

https://fb.watch/gX6GsBAqVM/