डडेल्धुरा अपटेड: तेस्रोबाट दोस्रोमा उक्लिए सागर ढकाल

डडेल्धुरा अपटेड: तेस्रोबाट दोस्रोमा उक्लिए सागर ढकाल

 

डडेल्धुरामा सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार सागर ढकाल दोस्रो स्थानमा उक्लिएका छन् । 

१ हजार मत गणना हुँदा यसअघि तेस्रो स्थानमा रहँदै आएका ढकाल दोस्रोमा उक्लिएका हुन् ।

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले दोब्बर अग्रता बनाएका छन् । 

देउवाले ४६३ मत प्राप्त गरेका छन् भने सागर ढकाल २४१ मतसहित पछ्याइरहेका छन् ।

कांग्रेस विपिका कर्णबहादुर मल्ल २०९ मतसहित तेस्रो स्थानमा छन् । यसअघि सार्वजनिक मत परिणाममा मल्ल दोस्रो स्थानमा थिए ।