कैलाली क्षेत्र नम्बर ५ को गणना भोलिमात्रै हुने

कैलाली क्षेत्र नम्बर ५ को गणना भोलिमात्रै हुने

कैलाली क्षेत्र नम्बर ५ को मतगणना भोलि(मंगलबार) मात्रै हुने भएको छ । 

मुख्य निर्वाचन कार्यालयले भर्खरै एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । मतगणना बिहान ८ बजेबाट सुरु हुनेछ ।

आज भएको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो । 

मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याको कारण देखाउदै दिउँसो ३ बजेसम्म दलहरूसँग समय मागेका थिए । तर साढे ४ बज्दा समेत मतगणना सुरु नभएपछि नाराबाजी समेत भएको थियो ।

सर्वदलीय बैठकमा सत्तारूढ गठबन्धनले वडागत रूपमा गणना गर्नुपर्ने र एमालेसहितका अन्य दलले सगोलरूपमा गणना गर्न माग गरेपछि विवाद उत्पन्न भएको थियो ।

सोही क्रममा उनी ढलेपछि चिकित्सकलाई बोलाएर स्वास्थ्य परीक्षण गरिएको थियो ।  

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको बताए । 

कैलाली- ५ मा गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

May be an image of text