अब पशुपन्छीजन्य पदार्थ आयात गर्दा स्वस्थता परिक्षण अनिवार्य

अब पशुपन्छीजन्य पदार्थ आयात गर्दा स्वस्थता परिक्षण अनिवार्य

क्वारेन्टाइन चेक पोस्ट महेन्द्रनगरको सम्पर्क कार्यालय धनगढीले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ ले दिएको अधिकार प्रयोग गरी पशु तथाा दानाजन्य कच्चा पदार्थ आयातमा स्वच्छताको प्रमाणपत्र मात्रै मागेको जनाएको छ ।

ब्यवसायीहरुले पोल्ट्री व्यवसायीका मालवाहक सवारीसाधन बिना कारण रोकेको आरोप लगाएपछि कार्यालयले चैत महिना देखि लागू हुने पशु स्वास्थ्य सेवा बिभागले परिपत्र गरि स्वच्छताको प्रमाण बिना आयात गर्न नदिन भनेकोले सोही अनुरुप प्रमाणपत्र मात्र खोजिएको जनााएको छ ।

भारतबाट आयात भएको दानाजन्य कच्चा पदार्थमा कुनै प्रकार संक्रमण नभएको प्रमाणपत्र अनिवार्य रुपमा हुनुपर्ने क्वारेन्टाइन चेकपोष्टका प्रमुख पशु चिकित्सक डा. भरत साहले बताउनुभयो ।

दानाजन्य पदार्थमा मात्रै होइन भारतबाट आयात भइरहेका खसीबोकामा पनि संक्रामक रोग नभएको प्रमाणपत्र आवश्यक रहेको उहाँले बताउनुभयो ।

मुलुक पशु तथा पशुजन्य पदार्थ उत्पादनमाा आत्मनिर्भर हुँदै गइरहेका कारण आयात हुने बस्तुमा हिजो जस्तो सहजै आायात हुन दिन अवस्था नरहेकोले बिभागको परिपत्र अनुसार आफुहरुले आयात हुँदा स्वच्छताको प्रमाणपत्र अनिर्वाय गरेको साहले बताउनुभयो । स्वच्छताको प्रमाण्पत्र खोज्दा ब्यवसायीहरुले अनावशयक दुःख दिएको आरोप लगाएको भन्दै साहले स्वच्छताको प्रमाण जसले ल्याउँछ, उसको सामान एक मिनेट पनि नरोकिने बताउनुभयो । 

भारतमा यस्तो स्वच्छता सम्बन्धी प्रमाणपत्र दिने पुरै देशभरी जममा ६ वटा कार्यालय छन् । उत्तरप्रदेशका बिभिन्न शहरबाट सामान आयाात गर्नेहरुले यस्तो स्वच्छता प्रमाणपत्र लिन दिल्ली पुग्नुपर्ने हुन्छ ।

स्वच्छताको प्रमाणपत्र जुटाउने काम नेपाली ब्यवसायीको नभई सामान आपुर्तिकर्ताको भएकोले भारतबाट नेपाली ब्यवसायीहरुलाई दानाजन्य कच्चा पदार्थ आपुर्ति गर्ने ब्यवसायीहरुले यस्तो प्रमाणपत्र लिनुपर्ने क्वारेन्टाइन चेकपोष्ट धनगढीका प्रमुख डा. साहले बताउनुभयो ।

उता बयवसायीहरुले भने भारतबाट सबै प्रक्रिया पु¥याएर आएका मालवाहक सवारीसाधन विनाकारण कैलाली भन्सारबाट क्वारेन्टाइनले उठाउन नदिएको आरोप लगाएका छन् ।

पोल्ट्रीको दानाका लागि आवश्यक मकै, भटमास, पिनालगायतका कच्चापदार्थ ल्याइएको व्यवसायीको भनाइ छ ।‘भन्सारमा मालवाहक सवारी रोक्दा दैनिक प्रतिसवारीबाट ८ हजार रुपैयाँ नोक्सानी भइरहेको छ,’ उनले भने । जिल्ला समन्वय समिति कैलालीको अगुवाइमा व्यवसायीको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, जिल्ला प्रशासन कार्यालय कैलाली, उद्योग वाणिज्य संघ कैलाली तथा कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुरलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

बिभागको परिपत्रका आधारमका आफुहरुले काम गरिरहेको बताउँदै क्वारेन्टाइन चेक पोष्टका प्रमुख डा. साहले स्वच्छता प्रमाणपत्र बिना कुनै पनि सामान आयात हुन नसक्क्ने बताउनुभयो ।