नागरिक उन्मुक्तिका केन्द्रीय महासचिव थापाको प्रदेश सुरुवाती अग्रता

नागरिक उन्मुक्तिका केन्द्रीय महासचिव थापाको प्रदेश सुरुवाती अग्रता

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव रतन बहादुर थापाले प्रदेश सभामा सुरुवाती अग्रता बनाइरहेका छन् ।

अघिल्लो पटक नेकपा एमालेबाट प्रदेश सभामा विजयी भएका रेग्मी अहिले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभाकै उम्मेदवार भएका छन् ।

एमालेले स्थानीय तहको निर्वाचन पछि स्पष्टीकरण सोधेपछि उनी एमाले छोडेर नागरिक उन्मुक्ति पार्टीमा लागेका थिए । अहिले सम्म ८०० मत गण गर्दा थापाले ४३९ मत प्राप्त गरेका छन् ।

उनलाई कांग्रेसका कमल शाहले पच्छाइरहेका छन् । शाहको २०९ मत छ । तेस्रोमा एमाले उम्मेदवार कमला ओली छिन् । उनको १२५ मत छ ।

प्रतिनिधि सभा तर्फ पनि कैलालीका ३ क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता बनाइ रहेको छ ।