५ लाख भारतीय रकम सहित पक्राउ परेका चार नेपाली महिला सशस्त्र प्रहरीको पहलमा छुटे

५ लाख भारतीय रकम सहित पक्राउ परेका चार नेपाली महिला सशस्त्र प्रहरीको पहलमा छुटे

कैलालीको गौरीफन्टा नाकामा प्रहरीले कडाइ गर्न थालेको छ ।   उत्तर प्रदेशमा हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै   गौरीफन्टा नाकामा चेजाँचमा कडाई गरिएको हो।

बुधबार  एसएसबीले चार लाख ९५ हजार भारतीय रुपैँया सहित चार नेपाली महिलालाई पक्राउ गरिएको हो। भारत गुजरातबाट आएकी भगवती देवी मल्ल, लक्ष्मी साउँद, मिना साउँद र पशुपती भुललाई एसएवीले चार लाख ९५ हजार भारतीय रुपैयाँ सहित पक्राउ गरेको थियो।

गुजरातबाट लामो समय सम्म काम गरे बापत को रकम पुष्टि भए पछि ५३नम्बर गण को टोलीले भारतीय एसएसबी संग छलफल गरि सो रकम उनिहरूको आफ्नै भएको प्रमाणित भए पछि सशस्त्र प्रहरीको पहलमन नेपाल ल्याईएको सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर गुल्मका प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले  जानकारी दिनुभयो। मंगलवार मात्रै ४ लाख भारतीय रूपैयाँ सहित चार जना प्रकाउ परेका थिए ।