एमाले अध्यक्ष ओली २५ सयभन्दा बढी मतले अगाडि

एमाले अध्यक्ष ओली २५ सयभन्दा बढी मतले अगाडि

झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ सयभन्दा बढी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार ओलीले ५१६३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २५७५ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल ९७८ मत ल्याएर तेस्रो स्थानमा छन्।