बैतडीको मेलौलीमा महोत्सव हुने

बैतडीको मेलौलीमा महोत्सव हुने

बैतडीको मेलौलीमा अगामीे वैशाख पहिलो सातावाट प्रथम मेलौली कृषि,पर्यटन तथा सास्कृतिक महोत्सव २०७६ सञ्चालन हुने भएको छ ।

‘सुन्दर सुदुरपश्चिमको सौन्र्दयता हाम्रो सान ,कृषि पर्यटन र सस्कृतिको बिकास गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ मेलौली सूचना तथा सञ्चार समूहको आयोजनामा वैशाख २ गतेदेखि महोत्सव सञ्चालन हुन लागेको हो ।

स्थानिय भाषा, कला, सस्कृतिको जर्गेना गर्न र कृषि पर्यटन क्षेत्रको बिकासको लागी महोत्सव आयोजना गरिएको मेलौली सूचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्मण बिकले जानकारी दिए ।

शिबनाथ गाउपालिका र पञ्चेश्वर गाउँपालिकाको समन्वयमा सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बिजोड प्रस्तुती रहने भएको छ ।

महोत्सवमा बाल उद्यान, मौतका कुवा, जादुघर र सुदूरपश्चिमको मौलीक संस्कृति झल्काउने विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरिने छ । मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन हुने महोत्सव वैशाख ८ गते सम्पन्न हुने छ ।