काठमाण्डाै २ : माओवादीकी घर्तीभन्दा स्वतन्त्रकी गाैतम ६ सयभन्दा धेरै मतले अगाडि

काठमाण्डाै २ : माओवादीकी घर्तीभन्दा स्वतन्त्रकी गाैतम ६ सयभन्दा धेरै मतले अगाडि

काठमाडौ क्षेत्र न २ काे प्रतिनिधि सभातर्फ ६ हजार मत गणना भइसक्दा  राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार साेबिता गाैतमकाे अग्रता छ । साेबिता नेकपा माओवादीकी ओनसरी घर्तीभन्दा ६ सय ३ मतले अगाडि हुनुहुन्छ ।

गाैतमले १ हजार ८९१ मत ल्याउनुभएकाे छ । यस्तै माओवादीकी घर्तीले १ हजार २८८ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  मणिराम फुयालले १ हजार ९८ मत ल्याउनुभएकाे छ ।

काठमाण्डाै २ मा प्रतिनिधि सभातर्फ १० जना स्वतन्त्र उम्मेदवारसहित ३० जना उम्मेदवार छन् ।