कैलाली–१ : प्रदेश सभा सदस्यमा पनि नागरिक उन्मुक्तिको अग्रता

कैलाली–१ : प्रदेश सभा सदस्यमा पनि नागरिक उन्मुक्तिको अग्रता

कैलालीको निर्वाचन क्षेत्र नम्बर -१ को प्रदेश सभा सदस्यका दुवै निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि देखिएका छन्। प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका रन्जिता चौधरीले अग्रता बनाइरहेका बेला उक्त क्षेत्रमा  प्रदेशमा पनि सोही पार्टीका उम्मेदवार अगाडि रहेका हुन्। 

निर्वाचन क्षेत्र नम्बर- १ मा प्रदेश सभा १ मा एक हजार ८६१ मतगणना हुँदा नागरिक उन्मुक्तिका कैलाश चौधरी ७१३ मत सहित अग्रतामा छन्। उनलाई सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका दीर्घ राज विनाडीले ५५९ मत सहित पच्छाइरहेका छन्।
प्रदेश सभा (२) मा पनि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीको अग्रता छ। एक हजार ५१६ मत गणना हुँदासम्म चौधरीको ७१३ मत छ। उनलाई सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका डा. रणबहादुर रावलले ४१२ मत सहित पच्छाइरहेका छन्। 

यहाँ एमालेका द्वारिका प्रसाद न्यौपाने २२६ मत प्राप्त गर्दै अहिले तेस्रोमा रहेका छन् ।