बल्ल सुरु भयो कैलाली ५ को मतगणना

बल्ल सुरु भयो कैलाली ५ को मतगणना

कैलाली क्षेत्र नम्बर ५ को मतगणना बल्ल सुरु भएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्या देखिएपछि मतगणना हुन सकेको थिएन । 

आज बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि मतगणना सुरु हुन सकेको थिएन । सोमबार साढे ४ बज्दा समेत मतगणना सुरु नभएपछि नाराबाजी समेत भएको थियो ।

सर्वदलीय बैठकमा सत्तारूढ गठबन्धनले वडागत रूपमा गणना गर्नुपर्ने र एमालेसहितका अन्य दलले सगोलरूपमा गणना गर्न माग गरेपछि विवाद उत्पन्न भएको थियो ।

सोही क्रममा उनी ढलेपछि चिकित्सकलाई बोलाएर स्वास्थ्य परीक्षण गरिएको थियो ।   कैलाली- ५ मा गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।