कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि देखिएका छन् । कैलाली ३ मा हाल सम्म ५५ हजार ४०२ मत गणना भएको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीको २० हजार २३४ मत पाएर अघि बढेका छन् ।

नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १४ हजार ९४६, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको ६ हजार २६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको ६ हजार ६९२ मत छ । यहाँ तीन हजार ५५० मत बदर भएका छन्।