काग्रेंसमा जनलहर वढ्दै गएको छ : देउवा

काग्रेंसमा जनलहर वढ्दै गएको छ :   देउवा

नेपाली काग्रेंसकी नेतृ डाक्टर आरजु राणा देउवाले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउनु भएको छ ।

बुधवार नेपाली काग्रेंसको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दोस्रो वडा भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । वर्तमान सरकारले गरिरहेको कामले वाम गठबन्धन प्रति निराशा वढेकोले काग्रेंस प्रति जनताको जनलहर बढ्दै गएको देउवाको ठहर रहेको छ ।

उहाँले यही समयमा काग्रेंसले देशलाई विकासको वाटोमा लैजान खेलेको भुमिकाको वारेमा तल्लो तहसम्म लैजान सक्नुपर्नेमा जोड दिनुभयो ।वर्तमान सरकारले ठुलो विकास बजेट खर्च गर्न नसकेको र गरेको बजेट पनि कार्यकर्तामुखी रहेकोले अव यसका विरुद्ध भण्डाफोर गर्नुपर्ने काग्रेंस नेतृ देउवाको भनाई थियो । उहाँले आफ्नो उम्मेदवारलाई हराउन पाउँदा खुशी हुने परिपाटी त्याग्नुपर्ने बताउँदै पार्टीले अव एक ढिक्का बनाएर लैजान काग्रेंस नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दोस्रो वडा सम्मेलनमा नेपाली काग्रेंस कैलालीका सभापति नरनारायण शाह मनु र धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । 

चार कोठे भवनको निर्माण सुरु
धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर १९ मा रहेको फुलबारी उच्च माविमा चार कोठे पक्की भवनको निर्माण सुरु भएको छ । उपमहानगरपालिकाको बजेटबाट झण्डै ४८ लाखमा टेण्डर स्वीकृत भएर विद्यालय भवनको निर्माण सुरु गरिएको हो ।

भवन शिलान्यास कार्यक्रममा वोल्दै धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले आर्थिक विकास र समृद्धिका लागि पार्टीगत राजनिति छोडेर सवैले अगाडी वढ्नुपर्ने बताउनुभयो । उहाँले चुनावको समयमा राजनितिक दलका आधारमा भोट माग्न पाईने भएप्नि विकास निर्माणका कामहरुमा सवै पार्टी र फरक फरक पार्टीका नेताहरु पनि एकजुट हुनुपर्ने बताउनुभयो । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले चार कोठे दुई तले भवनको आज उच्च माविको परिसरमा शिलान्यास गर्नुभयो । हिन्दु धर्म शास्त्र अनुसार मन्त्री पण्डितले भवनको शिलान्यास गर्नुभएको हो । सो अवसरमा आयोजित शिलान्यास कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारदमुनि राना सुदुरपश्चिम प्रदेश सभाका सदस्यद्धय नेपालु चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो । 

नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको मालिका टोल विकास समितीको आयोजनामा शुभमकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । नयाँ बर्ष २०७६ सालको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो । मालिका टोल विकास समितीका अध्यक्ष किसनवहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओड रहनु भएको थियो भने विशिष्ठ अतिथि वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी रहनुभएको थियो । सो अवसरमा टोल विकास समितीले जेष्ठ नागरिक जग्गादाता लगायतलाई सम्मान समेत गरेको थियो ।