कैलाली ५ प्रदेश : प्रकाश देउवालाई सुरुबाटै अग्रता

कैलाली ५  प्रदेश  :   प्रकाश देउवालाई सुरुबाटै अग्रता

कैलाली क्षेत्र नम्बर ५ काे प्रदेशसभा (क) मा नेपाली कांग्रेसका प्रकाश देउवाले सुरुवाटै अग्रता लिएका छन् ।

३ सय मत गणना हुँदा कांग्रेस उम्मेदवार प्रकाश देउवाले एक सय मत पाएका छन् । 

दाेस्राे स्थानमा नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५६ तथा नागरिक उन्मुक्ति पार्टीले ३५ मत पाएकाे छ ।

कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार क्षीतिज भण्डारीले २६ मत पाएका छन् ।