बैतडीमा प्रतिनिधि सभामा दामोदरको निरन्तर अग्रता, प्रदेश सभाको स्थिति यस्तो ?

बैतडीमा प्रतिनिधि सभामा दामोदरको निरन्तर अग्रता, प्रदेश सभाको स्थिति यस्तो ?

बैतडीमा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता कायमै राखेका छन्। ८ हजार ३ सय ३६ मत गणना हुँदा एमालेका भण्डारीले ४ हजार १० मत सहित अग्रता लिएका छन्।

उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले ३ हजार २ सय ९६ मतका साथ पछ्याइरहेका छन्। भण्डारीले ७ सय १४ मतको अग्रता लिएका छन्।

यस्तै, प्रदेशसभा क्षेत्र नं. १ मा एमालेका सुरेन्द्रबहादुुर पाल ३ हजार ९ सय ६७ मतका साथ अग्रस्थानमा छन्। उनलाई स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले पछ्याइरहेका छन्।

भण्डारीले २ हजार ८ सय ८७ मत ल्याएका छन्। गठबन्धनबाट कांग्रेसका बीरबहादुर बिष्टले १ हजार ५ सय ३९ मत ल्याएका छन्।

प्रदेशसभा क्षेत्र नं.२ मा कांग्रेसका शिवराज भट्ट ४ हजार ४ सय ८८ मतका साथ अग्रस्थानमा छन्।

एमालेका लिलाधर भट्टले ४ हजार २ सय ४१ मत ल्याएका छन्।