गुल्मीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–५ का पूर्व सांसद ७२ वर्षीय रुद्रमणि भण्डारी र मालिका गाउँपालिका–१ नेटाका ८ वर्षीय वशकर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
लु १ ज १९५७ नं को जिप मालिका गाउँपालिका दर्लिङदेखि बुटवलका लागि छुटेको जिप मुसीकोट नगरपालिका १ चैनडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिए ।
जिप सडकदेखि १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।घाइतेहरुको उपचारका लागि सदरमुकाम तम्घास लगिदै गरेको प्रहरीले जनएको छ ।