काठमाडौं–४ मा गगन थापाको सानदार जित

काठमाडौं–४ मा गगन थापाको सानदार जित

काठमाडौं  ।  काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापा भारी मतान्तरले विजयी भएका छन् । थापाले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४४७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।


थापाले २१ हजार ३०२ मत ल्याएर निर्वाचित भएका हुन् भने भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन् ।

गत २०७४ सालको निर्वाचनमा पनि भट्टराईलाई थापाले पराजित गर्दै निर्वाचित भएका थिए । यसपटक थापालाई सत्तागठबन्धनको पनि समर्थन थियो ।