सातामा ८ सय बढ्यो सुन

सातामा ८ सय बढ्यो सुन

सुनको मूल्य एक हप्तामा ८ सय रुपैयाँ बढेको छ।अघिल्लो साता ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

हिजोको तुलनामा सुन प्रतितोला १ सय रुपैयाा बढेको हो। हिजो ६० हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। एक सातामा चाँदी प्रतितोला ५ रुपैयाँ बढेको सुनचाँदी ब्यवसायी महासंघको तथ्यांकले देखाएको छ। अघिल्लो साता ७ सय २५ रुपैयाँमा कारेबार भएको चाँदी आज ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।