विप्लवका जनसरकार प्रमुख सहित दुई जना कैलालीको बौनियाबाट पक्राउ

विप्लवका जनसरकार प्रमुख सहित दुई जना कैलालीको बौनियाबाट पक्राउ

नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दगोरिया गाँउपालिका जनसरकार प्रमुख अमर बम र अखिल क्रान्तिकारी किसान संघका कैलाली अध्यक्ष उदयराज थापा रहेको स्रोतले बतायो ।

स्रोतका अनुसार उनीहरुलाई कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजार नजिकैबाट बुधवार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरेका दुबै जनालाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेको छ ।प्रहरीले कैलालीमा पछिल्लो केही समययता बिप्लवका कार्यकर्ताको खोजी कार्य तिब्र पारेको छ ।