डडेलधुरामा १८,९६० मत गणना हुन बाकी

डडेलधुरामा १८,९६० मत गणना हुन बाकी

डडेलधुरामा ३२ हजार ७०० मत गणना सकिएको छ । ताजा अवस्थामा  प्रधानमन्त्री शेरबहादुर देउवाले १६,११८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ८,६०० मत पाएका छन् ।

यस्तै कांग्रेस बीपीका कर्णबहादुर मल्लले ४,७०१ मत पाएका छन् । हालसम्म गनिएको मतमध्ये २,०७१ मत बदर भएको छ ।

गणना हुन बाकी १८,९६० मत रहेका छन् ।