बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गर्ने : मन्त्री पण्डित

बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गर्ने  : मन्त्री  पण्डित

धनगढी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चालन गर्ने बताएका छन् ।

‘भएको सहमति विपरित सरकारलाई घुडा टेकाउँछु भनेर डाक्टरले व्यवहार गर्ने गरेको भन्दै  आक्रोशित हुँदै मन्त्री पण्डितले सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।

बिहिवार प्रेस क्लव धनगढीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले  कानुनअनुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको तर्क गर्नुभयो ।

पेशागत मर्यादा भन्दाबाहिर गएर राखेको माग पुरा नहुने पत्रकार सम्मेलनमा अबगत गराएका हुन । राष्ट्रको सामु खाएको सपथअनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने उहाँले बताउनुभयो । उहाँले पदीय जिम्मेवारी अनुसार तोकिएको काममा राष्ट्र सेवक कर्मचारी जानै पर्ने बताएका हुन  ।

मुलुक एउटा बाटोमा हिडिसकेकाले त्यँही बाटोमा अगाडि बढ्नु बाहेक अर्को विकल्प नरहेको मन्त्री पण्डितको भनाइ थियो । मन्त्री पण्डितले यो आर्थिक वर्ष्भित्र जनशक्ति व्यवस्थापनको सम्पूर्ण काम सकेर आउँदो आर्थिक वर्षबाट सरकारले विकास र सेवा प्रवाहको कामबाहेक अरु केही नसुन्ने जिकिर गर्नुभयो । उहाँले सरकारी अस्पताललाई कमजोरी गरी मर्यादा भन्दाबाहिर गएर राखेको माग पुरा नहुने समेत बताउनुभयो । 

राष्ट्रको सामु खाएको सपथअनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने उहाँले बताउनुभयो । मन्त्री पण्डितले देश नयाँ परिवेशमा गएकाले केही असहज हुनु स्वभाविक भएको बताएका हुन ।

देशलाई संघियतामा लैजानु सामान्य कुरा नभएको बताउँदै मन्त्री पण्डितले कर्मचारी समायोजनपछि नपुगेका स्थानिय तह तथा प्रदेशमा करारमैपनि कर्मचारी भर्ना गरेर पद पुर्ती गरिने बताउनुभयो ।संघियता कायान्वयनका लागी सबैको सहयोग आवश्यक्ता रहेको उहाँको भनाई रुहेको  थियो ।