काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडौँ  ।  काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका नेता सन्तोष चालिसे निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनामा चालिसे १५ हजार १५८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मतमात्रै प्राप्त गरे ।

त्यस्तै तेस्रो स्थानमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार ८६५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २ हजार ५११ मत पाएको निर्वाचन आयोगले जनाएको छ । माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईंले ५१८ मत पाएका छन् ।

काठमाडौं १ मा कांग्रेस नेता प्रकाशमान सिंह, ४ मा गगन थापा र ५ मा प्रदीप पौडेलले जितिसकेका छन् ।