दार्चुला प्रदेशसभा २ मा मानबहादुर धामी विजयी

दार्चुला प्रदेशसभा २ मा मानबहादुर धामी विजयी

दार्चुलाको प्रदेशसभा २ मा मा‌ओवादी केन्द्रका नेता मानबहादुर धामी पुन: निर्वाचित भएका छन् ।

मंगलबार राति सम्पन्न मतगणनाअनुसार उनले एमाले नेता रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धामीले १३ हजार १७१ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमाले नेता जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।

अघिल्लो प्रदेशसभा चुनावमा धामीले कांग्रेस नेता जगदीश पाललाई पराजित गर्दै सांसद बनेका थिए ।