डडेल्धुराबाट प्रधानमन्त्री देउवा सातौँ पटक निर्वाचित

डडेल्धुराबाट प्रधानमन्त्री देउवा सातौँ पटक निर्वाचित

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री  शेरबहादुर देउवा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन्।

देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका छन् भने  ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए।