अछाम १ बाट नेकपा एसका शेरबहादुर कुँवर विजयी

अछाम १ बाट नेकपा एसका शेरबहादुर कुँवर विजयी

नेकपा एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका छन् ।  उनले १९ हजार ५३४ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहोराले १५ हजार ४५ मत पाए । स्वतन्त्र उम्मेदवार राजन कुँवरको ४ हजार ३ सय ९२ मत प्राप्त गरे ।