काठमाडौं १० मा कांग्रेसका राजेन्द्रको ह्याट्रिक

काठमाडौं १० मा कांग्रेसका राजेन्द्रको ह्याट्रिक

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका नेता राजेन्द्र कुमार केसीले जितको ह्याट्रिक गरेका छन् । केसीले १४४५८ मत पाए ।उनका प्रतिद्वन्द्वी एमालेका हिमेस केसीले ११७८६ मत पाए । यस्तै माओवादीकी अञ्जना विशंखेले ५२६२ मत पाइन् ।

विजयी भएसँगै मतगणना स्थलमा पुगेका केसीले समर्थकसँग खुसी साट्दै जनताको अभिमतलाई खेर जान नदिने बताए ।

केसीले २०७०, २०७४ र २०७९ मा लगातार तीन वटा चुनाव सोही क्षेत्रबाट जितेका छन् ।